मेलुङ गाँउपालिकामा विश्व वातावरण दिबस मनाइयो

चरिकोट– विश्व वातावरण दिबसको अवसरमा मेलुङ गाँउपालिकाको वडा नम्बर ७ स्थीत तामाकोसी कोडीडोरमा मंगलबार वृक्षारोपण गरिएको हो । मेलुङ गाँउपालिका र जिल्ला बन कार्यालय दोलखाको सयुंक्त आयोजनामा सो वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दोलखा प्रमुख डबल पाण्डे बतावरण सन्तुलन राख्न सबै गाउँ पालिकाले यो अभियान चलाउनु पर्ने बताए । सरकारको वातावरण सन्तुलन अभियानलाई सफल पार्न सवैको सहकार्य आबस्यक रहेको पाण्डेको भनाई रहेको छ । त्यसैगरी गाउँपालिकालाई वताबरण मैत्री बनाउन यो अभियान चलाइएको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए । अगामी बर्ष पनि यो अभियानलाई निरन्तरता दिने पनि प्रमुख श्रेष्ठको भनाई रहेको छ । त्यसैगरी उनले मेलुङ गाउँपालिकालाई अग्रानिक गाउँपालिका बनाउने अभियान चलाउने उनको भनाई रहेको छ । त्यसैगरी तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले ं गाउँपालिकाले ५ वटा बिरुवा रोप्ने अभियान थालनी गर्ने जानाकारी दिए । वाताबरण जोगाउने अभियानमा सवै लागेमा मात्र त्यसको संरक्षण हुने पोखरेलको भनाइ रहेको छ । त्यसैगरी तामाकोशी तेस्रो सरोकार समितिका अध्यक्ष शिव प्रसाद भण्डारीले वृक्षारोपण गरे पछि त्यसको संरक्षणमा लाग्नु पर्ने बताए । सवै गाउँपालिकाले यो अभियान चलाउनु पर्ने भण्डारीको भनाई रहेको छ । वृक्षारोपणमा सो गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी वडा अध्यक्षहरु नवराज खडका , ईश्वर कोइराला तथा स्थानीयको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "मेलुङ गाँउपालिकामा विश्व वातावरण दिबस मनाइयो"

Leave a comment

Your email address will not be published.


*