मेलुङ्गमा राप्रपाको पार्टी कार्यालय उद्घाटन

बबिना नेपाली
चरिकोट, कार्तिक २५
मेलुङ गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक समारोह आयोजना गरी वडा नम्बर ४ भेड्पु पोखरीमा राप्रपा मेलुङ्ग गाउँपालिका कार्यसमितिको कार्यालय उद्घाटन गरिएको हो । पालिका अध्यक्ष राम बहादुर लामाको घरमा कार्यालय सञ्चालनमा आएको हो । पार्टीको गतिविधिलाई सहज तवरबाट अघि बढाउनका कार्यालय सञ्चालनमा ल्याइएको राप्रपाका कार्य सम्पादन समिति सदस्य प्रविण कुमार थोकरले बताउनुभयो । सोही दिन गोलेगाउँमा वडा नम्बर ४ को वडा समितिको कार्यालय पनि उद्घाटन गरिएको छ । त्यसैगरी वडा अध्यक्ष बाल कुमार गोलेको अध्यक्षतामा वडा कार्यसमितिको बैठकपछि वडामा पार्टीको विभिन्न जनवर्गीय सङगठनहरु गठन गरिएको उहाँले बताउनुभयो ।
अमादे गोलेको अध्यक्षतामा राष्ट्रिय युबा मोर्चा गठन गरिएको छ । यसको उपाध्यक्षमा उपाध्यक्ष सुबराज गोले, सचिबमा उदय गोले, कोषाध्यक्षमा मैते गोले चयन हुनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक युबक सङ्गठन गठन गरिएको छ । सो संगठनको अध्यक्षमा दिपेश खड्का चयन हुनुभएको छ भने सचीवमा बिक्रम अधिकारी, कोषाध्यक्षमा लखमान गोले रहनुभएको छ । राजु बिक अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक दलित तथा उत्पीडित सङगठन गठन गरिएको छ । संगठनको उपाध्यक्षमा राम बहादुर बिक रहनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक किसान सङगठनको अध्यक्षमा दल बहादुर अधिकारी चयन हुनुभएको छ । उपाध्यक्षमा लोक बहादुर राय, सचिबमा हरि खडका कोषाध्यक्षमा रोशन श्रेष्ठ रहनुभएको छ । त्यसैगरी किरण तामाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक जनजाति महासंघ गठन गरिएको छ । यसमा सबरसिङ तामाङ उपाध्यक्ष, बैदार थोकर सचिव र मङगल बहादुर तामाङ (शेर्पा) कोषाध्यक्ष पदमा चयन हुनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङगठनको नेतृत्व पेमा कुमारी अधिकारीले पाउनुभएको छ । उहाँको अध्यक्षतामा गठन गरिएको संगठनको उपाध्यक्षमा दिल कुमारी थापा, सचिबमा बिन्दा कुमारी खड्का, कोषाध्यक्षमा पबित्र कुमारी खड्का र सहसचिवमा मखमली थापा चयन हुनुभएको छ ।
स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण
मेलुङ्ग गाउँपालिकाको चार वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । राप्रपा कोषाध्यक्ष चन्द्र वहादुर गुरूङ, हङकङ निवासी त्रिलोक गुरूङ, फन्ड रेज गर्ने द हंगकंग एक्स सर्भिसम्यान एशोसिएसन सहयोगमा प्राप्त भएको २६ थान अक्सिजन कन्सन्ट्रेटरमध्ये चार वटा आज वितरण गरिएको हो । सो सामाग्री कोरोना भाइरस, श्वासप्र्रश्वास सम्वन्धि रोग तथा दम रोग समेतको लागि उपयोगी हुने राप्रपा कार्यसम्पादन समिति सदस्य प्रविन कुमार थोकरले बताउनुभयो । वडा नम्बर ४ भेडपुको स्थित भेडपु बुद्धचोक स्वास्थ्य चौकी, वडा नम्बर ३ स्थित भञ्ज्याङ् स्वास्थ्य चौकी, डाडाखर्क स्वास्थ्य चाैकी, मेलुङ स्वास्थ्य चौकीमा १–१ थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।

Shares

Be the first to comment on "मेलुङ्गमा राप्रपाको पार्टी कार्यालय उद्घाटन"

Leave a comment

Your email address will not be published.


*