मेलुङमा रेविज विरुद्ध कुकुर विरालोलाई खोप लगाउन सुरु

चरिकोट(दीस)ः दोलखाको मेलुङ गाउँपालिकाले कुकुर बिरालोलाई रेबिज रोग विरुद्धको खोप लगाउन सुरु गरेको छ । रेबिज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत आइतबारबाट पालिकाले टोलटोलमा कार्यक्रम गरी कुकुर तथा बिरालोलाई खोप लगाउन सुरु गरेको हो ।
रेबिज विरुद्ध खोप नलगाएका कुकुर वा बिरालोले मानिस तथा अन्य पशुचौपायलाई टोकेमा रेबिज लाग्ने भएकोले त्यसबाट जोगिन पालिकाले खोप कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले आइतबार वडा नं. १ को वडा कार्यालय, भंगेरी मावि, दोबाटो पाटी र सिम्टे प्राविको प्राङगणबाट सुरु भएको खोप कार्यक्रम २८ गतेसम्म सबै वडाको टोलटोलमा सञ्चालन हुने बताउनु भयो ।

Shares

Be the first to comment on "मेलुङमा रेविज विरुद्ध कुकुर विरालोलाई खोप लगाउन सुरु"

Leave a comment

Your email address will not be published.


*