दीक्षण समाचार
चरिकोट, कार्तिक २४
दोलखाको मेलुङ गाउँपालिका वडा–४ स्थित फुर्केसल्ला वनमा बुधबार पुरुषको कङ्काल भेटिएको छ । उक्त कंकाल तीन महिनादेखि हराइरहेका वडा–३ का ५१ वर्षिय ललित बहादुर थोकरको रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । साउन ३२ गतेदेखि हराएका थोकरको कंकाल स्थानीयवासीले जंगलमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । त्यसलगतै प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा गएका थोकरको परिवारका सदस्यले कपडा र नागरिकताबाट थोकरको कंकाल हो भनि पहिचान गरेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।
Be the first to comment on "मेलुङमा पुरुषको कंकाल फेला"