मेलुङका युवाको रोपाईलाई पानी तान्दा करेन्ट सर्ट भएर मृत्यु

असार १०, दोलखा । रोपाईलाई सिंचाई गर्न मोटर लगाएर पानी तान्ने क्रममा मोटरबाट करेन्ट सर्ट भई दक्षिणी दोलखाको मेलुङ गाउँपालिकामा एक युवाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब साढे ६ बजे मेलुङ गाउँपालिका–७, ज्यामिरेका करिब ३० बर्षिय युवा सुवास कार्कीको मोटर सर्ट भएर घाइते भई उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

मृतक कार्कीलाई घरदेखि करिब एककिलोमिटर दक्षिणतर्फ रहेको आफ्नो खेतमा रोपाई गर्नको लागि मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट हुँदा गम्भिर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

गम्भिर घाइते भएको कार्कीको किर्नेटार अस्पतालमा उपचारको क्रममा बिहान करिब ८ बजे मृत्यु भएको डीएसपी पोखरेलले जानकारी दिए । मृतक कार्कीको शब पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "मेलुङका युवाको रोपाईलाई पानी तान्दा करेन्ट सर्ट भएर मृत्यु"

Leave a comment

Your email address will not be published.


*