धेरै दिन भयो तिमी आएकी छैनौ
भन म के लेखूं ?
कविता बिनाको कवि भएर
म कसरी बाँच्न सक्छु ?
तिमी सँधै सगै आयौ
मेरो पहिलो प्रेम भएको दिन
प्रणयको पहिलो रात
आँफन्तले छोडेर गए पछिको
मुटु चुडिएर रुनै नसकेको क्षण
र, यमराजका दूतहरुले घेरेर
म मृत्यू सँग लडिरहेको दिन…
मेरा हरेक आँसु सँग
हरेक मस्ती र उन्मादसँग
हर एक्लोपन सँग
बिगत र आगत सँग
स्वागत र बिदाई सँग
तिमी सधै सगै आयौ
तिमी जति मेरो साथ छ्यौ-
त्यति त म आँफै पनि मेरो साथ छैन
म तिम्रो पागल कवि
बूढो, सेताम्मे फुलेको
फुलेर फल्न नसेकोको
र, तिमी सँधै फुलिरहने सुनखरी
नदिले स्नान गराएर
घामले लाली पोतेपछी
तिम्रा ईन्द्रधनुष ओठहरुमा
तिमी सेतो हिमाल हाँसिदिन्छ्यौ
मेरा जिवनका बिहानहरुमा
जिवनको उतरार्धको तिम्रो कवि
बिदा माग्नका लागि अन्तिम पटक
तिमिलाई पर्खिए जसरी दोबाटोमा
एक्लै पर्खिरहेको छु तिमिलाई
कविता बिनाको कवि भएर
भन न म कसरी मर्न सक्छु ?
कवि – मान बहादुर खडकाको फेसवुकबाट साभार
Be the first to comment on "मेरी प्यारी कविता"