मेरी आमाले सुम्पेको दिन

ईस्वर दहाल
हरेक बिहान
सुनौलो बिहानि सगै जन्मिन्छन
नयाँ नयाँ जिवनका आयामहरु
आमाले घाँसको भारी गोठमा
बस्तु बाख्राहरुलाइ पन्छाएर
लामो, लामो थकानको सुस्केरामा
धर्तिमा कर्कस चिच्याहट सँगसँगै जन्मिएको म
मलाई हेरेरमात्र आँशुका थोपाहरु
वर्षिएर लामो सुस्सकेरामा आखाँ
टोलायको दिन ।
आज मेरो जन्मदिन भन्ने
हिस्सा मलाई सुम्पेको दिन
विगतका वाल्यपनमा फर्कन सुम्पेको दिन
आमा आफु हासेर मेरो रुवाइमा खुसि भएको दिन ।
सारा दु:ख लाई मेरो रुवाइ र हासोमा
आफ्नो अोठ खुलाइ
काखमा खुसिको उमङ्गमा शास फेरेको दिन ।
आज
उमेरका खुड्किलाहरुमा बामे सर्दै गर्दा
प्रत्येक पल पलमा तिमिलाइ सम्झन्छु ।
भोकमा पेट निमठदा गुन्द्रुक र ढिढो सम्झन्छु ।
ओछ्यानमा ढाड र सिरानी नमिल्दा
तिम्रो कोमल काख समझन्छु ।
म नाताकत भएर ओछ्यानमा पल्टिँदा
सुत्केरीमा तिमिलाइ ताकत भर्न
बाँ ले बनाएको ज्वानोको झोल सम्झिन्छु ।
प्रत्येक पलपलमा हरक्षेण म तिमलाइ सम्झिन्छु
आज जन्मदिन रक्ताम्य तिम्रो फरिया
सँगसँगै आफ्नो आयुको बाजि थामेर
मेरालागि दिर्घायुको कामना
हरक्षण समझन्छु
आज मेरो जन्मदिन
म तिमिलाइ समझन्छु आमा !!

 

Shares

Be the first to comment on "मेरी आमाले सुम्पेको दिन"

Leave a comment

Your email address will not be published.


*