मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई

Presidential candidate Andres Manuel Lopez Obrador waves to supporters as he gives his first victory speech at his campaign headquarters at the Hilton hotel in Mexico City, Sunday, July 1, 2018. Lopez Obrador has claimed victory in Mexico's presidential election, calling for reconciliation. At left is his wife,Beatriz Gutierrez Muller. (AP Photo/Marco Ugarte)

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिएका छन् ।

एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले ट्वीटमार्फत वधाई दिँदै अमेरिकाले आगामी दिनमा उनीसँग मिलेर कामगर्ने बताएका छन् ।

उक्त वधाई सन्देशमा उनले भनेका छन्, अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको उनको राष्ट्रपतीय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाएका थिए ।

त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिकोतर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गरेका छन्।

तर उनको सो निर्वाचन अभियानले अहिले पनि निरन्तरता पाएको छैन । त्यसैले नवनियुक्त राष्ट्रपतिले आगामी दिनमा मेक्सिकोको यो छवि सुधारका लागि धेरै काम गर्नुपर्ने धारणा पनि राखेका छन्।

दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिएका थिए। यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नुपर्नेछ र यदि त्यसो भयो भने यसले मेक्सिकोलाई मात्र होइन कि अमेरिकालाई पनि सहयोग पुग्नेछ भनेका छन् । रासस

Shares

Be the first to comment on "मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई"

Leave a comment

Your email address will not be published.


*