मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न

चरिकोट (दीस) –दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं एवं एकिकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ । संस्थाले २०७७ साल आश्विन १ गते संघिय सहकारी बिभागले दिएको मार्गनिर्देशन बमोजीम यस बर्षको साधारणसभाहरु सम्पन्न गरेको हो । संस्थाले २०७७ साल पौष २ गते जिल्लाका बिभिन्न ५ वटा एफ.एम. हरुबाट र फेसबुक लाईभ मार्फत् बार्षिक प्रतिवेदन बाचनको प्रत्येक्ष प्रसारण गरेको थियो । संस्थाको वयभसाईटमा प्रतिवेदन राखेको थियो । शेयर सदस्यहरुलाई बार्षिक प्रतिवेदन बितरण गर्न र उपस्थिति गराउन बिभिन्न ६० स्थानमा केन्द्र व्यवस्थापन गरिएको थियो । उपस्थिति केन्द्रमा उपस्थिति गराईएको मितिले ७ दिन सम्म संस्थालाई सुझाव दिनको लागि शेयर सदस्य ज्यूहरुलाई समय प्रदान गरिएको थियो । उक्त समयमा आएका सुझाव हरु संस्थाको संञ्चालक समितिको बैठकमा छलफल गरी ऐन नियमको परिधि भित्र रहि संस्थाको आवश्यकता अनुसार निर्णयमा समावेश गरीएको छ । २०७७ भाद्र ७ गते संस्थाको २८ औं स्थापना एवं कारोवार दिवसमा घोषणा गरेको बिभिन्न ३० बिधाको सम्मान तथा पुरस्कार बितरण कार्यक्रम समेत संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम बार्षिक साधारणसभा समापन कार्यक्रमको अवसरमा सम्पन्न गरेको छ । यस सम्मान बितरण कार्यक्रमको प्रमुख अतिथि दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष श्री भुमिराज खड्का हुनुहुन्थ्यो । यसैगरी अतिथिहरुमा जिल्ला सहकारी संघ लि. दोलखाका लेखा सुपरिवेक्षण समितिका संयोजक श्री रत्न बहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लि. बाट श्याम प्रसाद दाहाल लगाएत हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*