मिलानो ब्राण्डको जुत्ताचप्पल अब चरिकोटको बजारमा

भदौ २५, चरिकोट । नेपालमै पहिलो इटालियन प्रविधिद्वारा उत्पादित ‘मिलानो’ ब्राण्डको जुत्ताचप्पल अब चरिकोटको बजारमा पनि उपलब्ध हुन थालेको छ ।
करिब २ वर्षदेखि भैरहवास्थित एक्सन पोलिमर्स प्रालिद्वारा उत्पादित ‘मिलानो’ ब्राण्डको जुत्ता तथा चप्पल दोलखा जिल्लाको मुख्य मुख्य बजारक्षेत्रमा आक्रामक बजारीकरणको क्रममा सदरमुकाम चरिकोटमा पनि उपलब्ध हुन थालेको हो । अधिकाँस मध्यम वर्गिय आर्थिक क्षमता भएको नागरिकहरुको बसोबास रहेको दोलखा जिल्लाका ग्राहकहरुको सहज पहुँच हुने र मन जित्न सफल हुने एक्सन पोलिमर्स प्रालिका सेल्स तथा मार्केटिङ म्यानेजर डिल्ली सुवेदीले जानकारी दिए ।
अन्तराष्ट्रियस्तरको गुणस्तर, आकर्षक डिजाइन तथा न्यूनतम मूल्यमा उपलब्ध ‘मिलानो’को उत्पादनले जुत्ताचप्पलका पारखीहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको मार्केटिङ म्यानेजर सुवेदीले जानकारी दिए । ग्राहकको चाहना तथा आवश्यकताअनुसार बच्चा, जेष्ठ नागरिक, महिला तथा पूरुषका हरेक उमेरका उपभोक्ताहरुलाई लक्षित गरी ‘मिलानो’ ब्राण्डको जुत्ताचप्पलका विभिन्न डिजाइन तथा मोडेलहरु जिल्लाको चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, बाघखोर लगायतका बजारहरुमा उपलब्ध रहेको मार्केटिङ म्यानेजर सुवेदीले जानकारी दिए ।

Shares

Be the first to comment on "मिलानो ब्राण्डको जुत्ताचप्पल अब चरिकोटको बजारमा"

Leave a comment

Your email address will not be published.


*