काठमाडौं । मानुषी लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बााडफाड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एनण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाडफाड गरेको हो ।लघुवित्तले यही साउन २७ गतेदेखि ३१ गतेसम्म गरेको सार्वजनिक निष्कसनमा २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयरकको लागि आवेदन परेको थियो । जसमध्ये ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने २३ लाख ५४ हजार ७८४ जना आवेदकबाट माग भरएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ताको आवेदन सदर भएको हो ।सदर आवेदकमध्ये कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाडफाड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले बाडफाड गर्दा ३६ हजार ८५९ जनाले १० कित्ता सेयर पाएका छन् । सोही मध्ये ३ जनाले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन् । यस्तै कुल योग्य आवेदक मध्ये २३ लाख २४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता कर्मचारीलाई र जारी पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको थियो ।
मानुषी लघुवित्तको आईपीओ बाडफाड, २३ लाख आवेदकको हात खाली
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक ७ भाद्र २०७८, सोमबार १२:१५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "मानुषी लघुवित्तको आईपीओ बाडफाड, २३ लाख आवेदकको हात खाली"