खजुरा (बाँके), १९ पुसः बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका– २ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका–२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो । समुदायका लागि सञ्चार अभियन नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ । ––––
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
Posted By: दीक्षण दैनिक १९ पुष २०८१, शुक्रबार १२:३६
२० पुष २०८१, शनिबार १७:२८
चेम्बर अफ कमर्स दोलखामा नयाँ नेतृत्व चयन
२० पुष २०८१, शनिबार २०:०९
संगठन सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२१ पुष २०८१, आईतवार १०:१३
आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
२१ पुष २०८१, आईतवार १०:२६
Be the first to comment on "मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान"