दीक्षण समाचार
चरिकोट, मङ्सिर २५
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाको आयोजनामा मानव अधिकार र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका मानवअधिकारकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा सरकारी वकील कार्यालयका जिल्ला न्याधीवक्ता प्रकाश मरासिनीले मानव अधिकारको परिचय, प्रकार, महत्व लगायतको बारेमा कार्यपत्र प्रस्तुत गनुभयो । उहाँले तीन तहकै सरकार तथा सरोकारवाला निकाय सबैको भूमिका प्रभावकारी हुन सकेमा मानव अधिकार रक्षा हुने बताउनुभयो । मानव अधिकार उल्लङ्घनका घटनाहरु भईरहेकोले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष उद्धबप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, दोलखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सन् १९४८ मा संयक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषण पत्र पारित गरेको ऐतिहासिक दिनको सम्भmनामा प्रत्येक वर्ष डिसेम्बर १० तारिखका दिन दिवस मनाउने गरिएको हो ।
Be the first to comment on "मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न"