चरिकोट (दीस) –मानव अधिकार एलाइन्स दोलखाको अध्यक्षमा शेरबहादुर भुजेल चयन हुनु भएको छ । आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न एलाइन्सको तेस्रो जिल्ला भेलाले भुजेलको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । एलाइन्सको उपाध्यक्षमा मेनुका सुवेदी, सचिवमा अर्जुन दहाल र कोषाध्यक्षमा लीलामाया घिमिरे चयन हुनु भएको छ । यसै गरी भेलाले एलाइन्सको जिल्ला सदस्यमा रमिला वि.क., रामकृष्ण तामाङ, जंग थामी र विष्णु श्रेष्ठलाई चयन गरेको छ ।
यसै गरी भेलाले केन्द्रिय प्रतिनिधिहरुमा होम पाठक, धु्रब आचार्य, पार्वती खड्का र लिलामाया घिमिरेलाई चयन गरेको छ । मानव अधिकार एलाइन्स दोलखामा ५० भन्दा विभिन्न मानव अधिकार सम्बद्ध संघ संस्थाहरु आवद्ध रहेका छन् ।
Be the first to comment on "मानव अधिकार एलाइन्स दोलखाको अध्यक्षमा भुजेल चयन"