माथिल्लो तामाकोसीको २.६४ अर्बको सेयर जारी गर्न बोर्डको अनुमति,डिम्याट खाता ऐच्छिक

दोलखा, –अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्व ६४ करोड बराबरको सेयर जारी गर्न धितो पत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न प्रक्रिया सुरु गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर जारी गर्न गत फागुनमा बोर्डमा अनुमतिका लागि आवेदन गरेको थियो । दोलखाबासीलाई सेयर निष्कासनपछि र साधारण सेयर (आईपीओ) निश्कासन हुनेछ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निश्कासन गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । दोलखावासीलाई १० प्रतिशतले हुनआउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निश्कासन हुन्छ । धितो पत्र बोर्डका प्रवक्ता निरज गिरीले कम्पनीसँग मागेको थप कागजात र जवाफ पाएपछि सेयर जारी गर्न अनुमति दिएको बताए । आयोजनाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्ति गरेको छ । २०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षण अनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमाअतिप्रभावित ‘क’वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको वाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ । सेयर दामासायीवितरण गर्दा पनि जनसंख्याअनुसार अतिप्रभावित क्षेत्रका सर्वसाधरणले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावित क्षेत्रकाले ४६ कित्ता र जिल्लाकावाँकी क्षेत्रका सर्वसाधरणले ३३ कित्ता सेयर पाउने अनुमानगरिएको छ ।
यता आयोजनाले २०७४ असार मसान्तसम्म ९५ प्रतिशत काम सम्पन्न गरिसक्नु पर्ने लक्ष्य राखे तापनि २०७५ बैशाखमसान्तसम्म आइपुग्दा सो लक्ष्य प्राप्त भएको छ । आयोजनाको आउँदो पुससम्म पूरा गर्ने गरी ठेकेदारको म्याद थप भएको छ ।
दोलखाबासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालीका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाण पत्रकाआधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लाबासी भएको नागरिकता प्रमाण पत्र अनिवार्य चाहिन्छ । सेयर दिने प्रयोजनकाजिविस दोलखाले ३ वर्ष अघि संकलन गरेको तथ्याङ्कअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । तत्कालिन जिल्ला विकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौतामिति २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरुले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।

धितोपत्र बोर्डको स्विकृति आउना साथ सेयर निक्काषनका लागि आवस्यक प्रक्रिया अघि बढ्ने छ । प्रभावित क्षेत्रले बढी सेयर पाउने सहमती अघि नै भइसकेको आयोजनाले जनाएको छ ।
क, ख, वर्गलाई बढी सेयरको आक्षरण गरिएको छ । तर खदिर प्रक्रियामा सबैले न्यूनतम् ३ हजारको ३० कित्तादेखि बढीमा ३० हजारको ३ सय कित्तासम्म खरिद गर्न सक्ने छन् । सेयर खरिदका लागि जन्मेदेखि सबै दोलखाली सहभागी हुन सक्ने छन् । तर सबैको बैंक खाता अनिवार्य गरिने भएको छ ।
यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीहरुका लागि २ अर्व ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण र राष्ट्रिय विमा संस्थानबाट करिव २० अर्व रकम ऋण लिएको छ ।
आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको निर्माण अवधी, अमेरिकी डलको मूल्यवृद्धि, बजार मूल्य लगायतका कारणले अहिलेसम्म करिब ४९ अर्ब २९ करोड ५५ लाख खर्च हुने अनुमान छ । बढ्दो व्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ ।
हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले अपेक्षित लक्ष्य हाँसिल गर्न ठेस पुग्ने हो कि भन्ने आशंका छ । हाइ«ोमेकानिकल अन्र्तगत पेनस्टक पाइप, बाँध र डिस्यान्डरका गेटहरुको काम पर्दछ । पाइप ढुवानीको समस्या अझै छ ।

डिम्याट खाता ऐच्छिक
अप्पर तामाकोसीका लागि दोलखाबासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । धितो पत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे तापनि तामाकोसीको सेयरमा धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गर्न लागेको हो ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले स्थानीयबासीका लागि ऐच्छिक हुन सक्ने बताए । ”सकेसम्म डिम्याट खाता खोल्दा राम्रो हुन्छ, पछि पनि डिम्याट त गराउँनै पर्छ“ उनले भने ”तर धेरैको सहभागीता होस् भनेर डिम्याट नहुँदैमा सेयर लगानीमा वञ्चित नै त हुँदैन ।” पछि डिम्याट गराउँन झन्झट हुने हुँदा पहुँच हुनेले अहिले नै डिम्याट गराउँदा राम्रो हुनेछ ।

२०७१ मा पनि आयोजनाका लागि स्थानीयबाट सेयर संकलनका लागि आव्हान पत्र जारी भएको थियो । २०७१ चैत १ गतेबाट सेयर संकलन गर्ने गरी सूचना जारी भए तापनि प्रभावितको वर्ग छुट्याउनु पर्ने र मजदुरलाई पनि व्यवस्था गर्नु पर्ने माग राखेर आयोजनाको काम नै रोकेपछि सेयर संकलन प्रक्रिया स्थगित भएको थियो ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको २.६४ अर्बको सेयर जारी गर्न बोर्डको अनुमति,डिम्याट खाता ऐच्छिक"

Leave a comment

Your email address will not be published.


*