माथिल्लो तामाकोसीको बाँध ९९ प्रतिशत पूरा

दोलखा, १३ साउन
स्वदेशी लगानीमा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसी जलबिद्यूत आयोजनाको मुख्य बाँध निर्माणको भौतिक प्रगति ९९ प्रतिशत पूरा भएको छ । आयोजनाको बाँधको बायाँ तर्फको भागमा पहाडको उपचार बाहेक अधिकाँश काम पूरा भएको छ ।
लामावगरमा निर्माण भएको बाँध ६० मिटर लम्वाई र २२ मिटर उचाईको रहेको छ । बाँध क्षेत्रको सिभिलत तर्फको धेरै काम पूरा भएको छ । नदी फर्काउने कामको थोरै काम मात्र बाँकी रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
लट २ को हाइड्रोमेकानिकलको गेट लगायतका उपकरण जडान गरेर त्यसको ढलान गर्ने काम भने बाँकी छ । तर मेकानिकलको ठेकेदारले काममा ढिलाइ गर्दा सिभिलको ठेकेदारले पनि पर्खनु परेको सिभिल निर्माणको जिम्मा पाएको चिनीया कम्पनी सिनो हाइड्रो कर्पोरेशनका डेपुटी म्यानेजर बालकृष्ण निरौलाले जानकारी दिए ।
बाँधस्थलमा अरु धेरै काम भए तापनि बायाँ तर्फको दुई चट्टान जोडिएको ठाउँमा कमजोर भएको आशंकामा त्यसलाई घोल हालेर जाम गर्ने काम भने केही बाँकी छ । अहिले नदीको बहाब बढेकाले काम रोकिए तापनि नदीमा पानी घटेपछि त्यसको काम हुने उनले बताए । लामावगर पु¥याउने काम भईरहेको सिनो हाईड्रोले जनाएको छ ।

सिनो हाईड्रोले आयोजनाको मुख्य बाँध, २ सय २५ मिटर लम्वाई र २६ मिटर चौंडाईका बालुवा थिग्रयाउने दुई वटा वेशिन समेत हेडवक्स क्षेत्रमा पर्छ । बालुवा थिग््याउने पोखरी नजिक कन्ट्रोल भवन निर्माण भइरहेको छ । बाँधस्थलको समग्र प्रगति भने ९६ प्रतिशत रहेको छ । आयोजनाकै समग्र प्रगति पनि ९६ प्रतिशत छ ।
सिभिलत तर्फको गोंगरडाँडामा सर्ज ट्याङ्कको ठाडो सुरुङ निर्माणमा नै सबैभन्दा बढी काम छ । ८ किलोमिटर हेडरेस सुरुङको भित्र बीचमा एक किलोमिटर क्षेत्रमा थप सपोर्ट लिनु पर्ने र फिनिसिङ गर्नु पर्ने छ । त्यसैगरी भैंसे खोलाको पानीलाई पनि मुख्य सुरुङको पानीमा मिसाउन सुरुङ निर्माणको काम सुरु भएको छ । भैंसे खोला नजिक करिब ११० मिटर सुरुङ निर्माण गर्दा खोलाको पानी मिसाउन सकिने आयोजनाले जानकारी दिएको छ । यो पानीलाई हिउँदमा मात्र मिसाइन्छ ।
त्यसबाहेक सिभिलको धेरै काम सकिएकाले सिभिल निर्माणको ठेकेदारले आफ्नो उपस्थिति घटाउँदै लैजाने भएको छ । काम घट्दै गएकाले कामदार समेत घटाउँदै लगेको छ । “कुनै बेला १३ सयसम्म कामदार थिए” सिनो हाइड्रोका डिपुटी म्यानेजर निरौलाले भने “अहिले त्यो संख्या ५ सय पनि छैन, लामाबगरमा त काम थोरै भएकाले अब लामाबगरको उपस्थिति घटाउँदै लैजाने र यहाँको क्याम्प र उपकरण समेत अन्यत्र लैजाने माथिल्लो तहबाट निर्देशन आएको छ ।” सिनोले १४० मेगावाटको तनहुँमा रहेको माथिल्लो सेतीको समेत ठेक्का पाएकाले अब उतै स्थानान्तर हुने योजाना बनाएको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको बाँध ९९ प्रतिशत पूरा"

Leave a comment

Your email address will not be published.


*