चरिकोट (दीस) – नेकपा माओवादीले पार्टी कार्यालय बनाउने अभियान आइतबारबाट सुरु गरेको छ। आइतबार बसेको भवन निर्माण उपसमितिको बैठकले माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको सुरुवात गरेको हो । शनिबार सदरमुकाम चरिकोटमा बसेको माओबादी केन्द्रको बैठकले भवन निर्माण गर्ने निर्णय गरेको थियो। सहिद स्मृती प्रतिष्ठानको नाममा हुने उक्त भवन मै जिल्ला पार्टी कार्यालय पनि रहने अभियानमा संलग्न युबा नेता तथा युबा तथा खेलकुद बिभाग सचिब पुष्कर कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सहयोग संकलनका लागि अब छिट्टै खाताको संचालन गरिने छ । सम्पुर्ण राजनितीक दल, ब्यवसायी लगायत सम्पूर्णलाई सहयोगका लागि माओबादी केन्द्रले आग्रह गरेको छ। पार्टी कार्यालयको भवन निर्माणका माननीय विशाल खड्काले १ लाख सहयोगको घोषणा गरेर अभियानको सुरुवात गरेका थिए। त्यसै गरी निर्माण ब्यवसायी अर्जुन दाहालले एक लाख पचास हजार,ब्यवसायी एबम माओबादी केन्द्रका नेताहरु सुरेश उप्रेती, रोहित बुढाथोकी , विश्वास कार्की ,सुब्बा श्रेष्ठले १÷१ लाख सहयोग घोषणा गरेका छन्।
माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको सुरुवात
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १८ श्रावण २०७८, सोमबार ११:३०
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
Be the first to comment on "माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको सुरुवात"