चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर सामुदायिक पुस्ताकालयले महिलालाई उद्यमी बनाउने अभियानका साथ होजियारी तालिम दिएको छ ।पाँच दिन सम्म चलेको तालिमको आज समापन गर्दै भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले सिपको सदुपयोग गर्न तालिममा सहभागि महिलालाई सुझाब दिइन । नगरपालिकाले एक वडा १० महिला उद्यमी बनाउने अभियानमा बजेट विनियोजन गरेको उनले जानकारी दिइन । महिलालाई उद्यमी बन्ने कार्यक्रम बनाएर आएमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन । कार्यक्रममा पुस्ताकालयका अध्यक्ष कृष्ण बस्नेतले पुस्ताकालयले महिलाको आर्यआर्जन सम्बन्धी यस अघि पनि धेरै तालिमको आयोजना गर्दै आएको बताए । पुस्ताकालयले दिएको सिप व्यवसायीक रुपमा सदुपयोग गर्न तालिममा सहभागिलाई अनुरोध गरेका थिए ।पुस्ताकालय र समुदाय बिचको सम्बन्ध कायम गर्न पुस्ताकालयले बिभिन्न कार्यक्रम ल्याएको बस्नेतले बताए । पुस्ताकालय यस नियमित सिपमुलक तालिम दिएको संस्थाका सचिब नवराज न्यौपानेले जानकारी दिए । अगामी दिनका पुस्ताकालयले सिपमुलक कार्यक्रम ल्याउने न्यौपानेले बताए । अग्रज पत्रकार दिपशंकर चौलागाईले साना उद्यमीलाई बजारको खाँचो रहेको बताए । साना उद्यमीले निर्माण गरेको समाग्री सहज तरिकाले बिक्री हुने बाताबरण बनाउन सबैले सहयोग गर्नु पर्ने चौलागाइको भनाई रहेको छ ।
तालिममा सहभागि राधिका श्रेष्ठले तालिमले आत्मा बिश्वास बढाएको सिकेको सिप व्यबहारमा लागु गर्ने बताइन । त्यसैगरी तालिममा सहभागि बालकुमारी श्रेष्ठले सिपमुलक तालिम सिकेको र अरुलाई बाँडने बताइन । तालिमका सहभागिलाई प्रशिक्षक रिता बुढाथोकीले तालिम दिएकी दिइन । सामुदायिक पुस्ताकालय दोलखाको आधुनिक पुस्ताकालय हो । यो पुस्ताकालय अपाङगमैत्री रहेको छ
।
Be the first to comment on "महिलालाई उद्यमी बनाउने अभियानमा गौरी शंकर सामुदायिक पुस्ताकालय"