महामूर्खको उपाधि ‘मह’ जोडीलाई

जनकपुरधाम । प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा दिइने महामूर्खको उपाधि यस वर्ष ‘मह’ जोडीले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलन अन्तर्गत महामूर्खको उपाधि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ को जोडीले पाएको हो । देश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरे । यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन् । मिनापले १५ वटा विधामा पटमूर्खको उपाधि दिएका छन् । जसअन्तर्गत मुर्ख शिरोमणिको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन् । यस्तै, प्रदेश सभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह बैशाखान्नद, जसपाका नेता राजिव झा वंश कुरहारी, सञ्चार उद्यमी शंकर साह मुसरीलाल र सितल साह ढोरवाको उपाधि पाएका छन् । महिला नेत्री विन्दु ठाकुरले खुब सुरतीको उपाधि पाएकी छन् भने मिथिला चित्रकार एस सी सुमनल घरघुसकाको उपाधि पाए ।पर्यावरण अभियन्ता सुरेश शर्मा हाराशेख, सुजित झा सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्त बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह लोढाशंकर, विरेन्द्र कर्ण बज्रकिट र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी पटमूर्खको उपाधि पाएका छन् ।

Shares

Be the first to comment on "महामूर्खको उपाधि ‘मह’ जोडीलाई"

Leave a comment

Your email address will not be published.


*