मन्त्री गुरुङ गृह जिल्लाको भम्रणमा व्यस्त , जनताले दिए कार्यकालको शुभकामना

चरिकोट(दीस) –नव नियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई गृह जिल्ला दोलखामा विभिन्न स्थानमा स्वागत तथा शुभकामना दिइएको छ । मन्त्री भएपछि पहिलो पटक दोलखा आएका मन्त्री गुरुङ जिल्लाको विभिन्न स्थानको भम्रणमा व्यस्त छन् । पहिलो दिन भिमेश्वर नगरपालिकामा , दोस्रो दिन जिरी नगरपालिका तथा तामाकोसी गाउँपालिका तथा तेस्रो आज मेलुङ गाउँपालिकामा ,कालिन्चोक गाउँपालिकामा तथा विगु गाउँपालिकामा स्वागत तथा शुभकामना दिइएको छ । भोली उनले आफ्नो गाउँपालिका गौरीशंकर तथा पर्सि शैलुङ गाउँपालिकामा जनतासँग स्वागत तथा शुभकामना लिने कार्यक्रम रहेको भम्रण टोलीमा रहेका युवासंघका केन्द्रिय सदस्य महाराज गुरुङले बताए । मन्त्री भएपछि उनले आफ्ना मतादाता धन्यवाद दिन जिल्लाको मुख्य स्थानमा गएको उनले जानकारी दिए ।

हामीसँग युटुबको च्यानल मार्फत जोडिन चाहनेले यो लिङकDikshannews Daily TV युटुवमा सर्च गरीsubcribes गर्न नविर्सनुस है ।

Shares

Be the first to comment on "मन्त्री गुरुङ गृह जिल्लाको भम्रणमा व्यस्त , जनताले दिए कार्यकालको शुभकामना"

Leave a comment

Your email address will not be published.


*