मन्त्री खड्कालाई दोलखामा स्वागत

इश्वर बिश्वकर्मा
चरिकोट, असोज १३
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्कालाई बुधबार दोलखामा स्वागत तथा सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको संयोजनमा भएको एक समारोह बीच मन्त्री खड्कालाई सम्मान गरिएको हो । उहाँलाई जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी टेकराज निरौलासहित स्थानीय तहका जनप्रनिनिधि, सरकारी कार्यालयका प्रमुख र सुरक्षाकर्मीका प्रमुखले खादामाला ओढाएर सम्मान गरेका थिए । सम्मान ग्रहणपछि मन्त्री खड्काले तीन तहकै कार्यकाल पूरा हुन लागेकोले यसबाट प्राप्त अनुभवले सकरात्मक रुपमा संविधान र अभ्यासमा परिवर्तन गरिनुपर्ने बताउनुभयो । अन्य देशमा पनि संघियता लागू भइसकेपनि बहस र विवाद भईरहेको उल्लेख गर्दै उहाँले नेपालमा संघियताको अभ्यास जारी रहेको अवस्थामा यसको विवादमा अल्झेर बस्न नहुने बताउनुभयो । उहाँले जनप्रतिनिधिको काँधमा जनताको हित हुने कार्य गर्नुपर्ने प्रमुख जिम्मेवारी रहेकोले आवश्यक नीति नियम तथा योजना बनाएर जनतालाई फाइदा हुने कार्य गरिनुपर्ने बताउनुभयो ।मन्त्री खड्काले मन्तव्यकै क्रममा मुडे–चरिकोट सडकलाई पुर्णता दिनका लागि एक्सन लिन प्रमुख जिल्ला अधिकारी टेकराज निरौलालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “बाटोकै कारण जनताबाट गाली खानुपरेको छ । त्यसैले यस्तो अवस्थाको अन्त्यका लागि सिडिओ साबले एक्सन लिनुप¥यो ।” दोलखाको कार्यकाल सफल बनाउन चाहने सिडिओले सडकलाई पूर्णता दिन पहल गर्नुुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिसस प्रमुख डबल पाण्डेले मन्त्री खड्कालाई बधाई तथा शुभकामना दिनुहुदैँ जनताले संघियतापछि गाउँमै सेवा पाउने अपेक्षा गरेपनि विभिन्न सेवा लिन बाहिरी जिल्ला वा प्रदेश राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न पहल हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले जिल्लामा शान्ती सुरक्षा तथा अमनचयन कायम रहेको बताउनुहुँदै अहिले ठूला चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्य थालनी गर्न लागिएको जानकारी दिनुभयो । उहाँले जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीले सेवा प्रवाह चुस्तदुरुस्त बनाउन हर प्रयत्न गर्नुपर्ने बताउनुभयो । साथै आफ्नो कार्यकाल स्मरणयोग्य बनाउन लागि परको बताउनुभयो । कार्यक्रमा जिरी नगरपालिकाका टंक जिरेल, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "मन्त्री खड्कालाई दोलखामा स्वागत"

Leave a comment

Your email address will not be published.


*