काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनुभयो । “सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ ।” —
मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री दाहाल
Posted By: दीक्षण दैनिक २४ फाल्गुन २०८०, बिहीबार १४:३९
२८ पुष २०८१, आईतवार २०:०३
२०८१ पुस २८ गतेको Epaper पढ्नु होस
२९ पुष २०८१, सोमबार १०:३६
अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियर विरुद्ध मुद्दा दायर
२९ पुष २०८१, सोमबार १०:३३
विदेशी बजारमा कर्णालीको अदुवा
२९ पुष २०८१, सोमबार १०:४६
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
२९ पुष २०८१, सोमबार १०:३१
Be the first to comment on "मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री दाहाल"