ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २२
मदन भण्डारी फाउण्डेशन दोलखामा नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार नेकपा एमाले दोलखाको हलमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट हरिवंश चौलागाईँको अध्यक्षतामा फाउन्डेशनमा नयाँ नेतृत्व चयन गरिएको हो । फाउन्डेशनको उपाध्यक्षमा कृष्ण कार्की, सचिवमा कृष्ण बस्नेत, कोषाध्यक्षमा उर्मिला खड्का चयन हुनुभएको छ । सदस्यहरुमा शुव शेर्पा, भीजन मोक्तान लामा कुमार गुरुङ, मानध्वज तामाङ लामा, डिल्ली बराइली, राधा चापागाई, दामोदर जोशी रहनुभएको छ । त्यसैगरी कल्याणी सिवाकोटी, दिपक कुमार घिसिङ तामाङ, गणेश आले, श्रीदेव नेपाली, साङलाल तामाङ, ज्योती के.सी, युवराज घतानी, सुन्तली सुनुवार, शुक्र लामा, कुमार जिरेल, शंकर बस्नेत, होम बहादुर श्रेष्ठ, ईश्वर कार्की, मेखराज पोखरेल, भक्त बहादुर के.सी, जानुका न्यौपाने, ढाल बहादुर तामाङ, यादव घतानी, लालमाया तामाङ, कोशिष मणि न्यौपाने सदस्यमा चयन हुनुभएको छ ।
Be the first to comment on "मदन भण्डारी फाउण्डेशन दोलखामा नयाँ नेतृत्व"