मतपेटिका भण्डारणका कारण गौरिशंकर क्याम्पसको पढाई प्रभावित

चरिकोट÷मत गणना भण्डारणका कारण गौरिशंकर क्याम्पसको पढाई प्रभावित भएको छ । क्याम्पसको मूल भवनमा जिल्लाको मतपेटिका भण्डारण गरिएकोले कक्षा कोठा अभावमा क्याम्पसको पढाई प्रभावित भएको हो ।
क्याम्पसको दुई तल्ला मतगणनाको प्रयोजनकालागि निर्वाचन आयोगले प्रयोग गर्दा कक्षाको अभाव भई पठनपाठन प्रभावित भएको गौरिशंकर क्याम्पसका प्रमुख शान्त केसी ले बताउनु भयो । कक्षा ११ तथा १२ र स्नातकोत्तर तहको पढाइका लागि जेनतेन कक्षा कोठा पुगे पनि स्नातक तहकालागि भने अपुग भएको उहाँको भनाई छ ।
चार स्थानमा मंसिर १५ गते मतदान सम्पन्न भई गणनामा केही समय लाग्ने भएकोले क्याम्पस निकटका विद्यालयमा विहानको समयमा कक्षा कोठा उपलब्ध गराउन आग्रहगरी पठन(पाठन संचालन गर्न प्रयास भइरहेको उहाँले बताउनु भयो । अन्य विकल्प हुँदा हुँदै पनि शैक्षिक संस्थामा मतपेटिका भण्डारण गर्नु तथा मत गणना गर्नु उपयुक्त कार्य नभएको क्याम्पसमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भनाई छ ।

Shares

Be the first to comment on "मतपेटिका भण्डारणका कारण गौरिशंकर क्याम्पसको पढाई प्रभावित"

Leave a comment

Your email address will not be published.


*