दीक्षण समाचार
चरिकोट, मंसिर ७
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना हुनुपर्ने माग गर्दै आएको गठबन्धन दलले बुधबार पनि प्रदर्शन गरेको छ । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका गणना स्थल ल्याएको तीन दिन बित्दा समेत गणना सुरु नभएपछि रुष्ट बनेका गठबन्धन दलका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् ।
दिउँसो गठबन्धन दलका उम्मेदवार, नेता कार्यकर्ता र भातृ संगठनहरुले चरिकोटमा सिट्ठी जुलुस प्रदर्शन गरे । उक्त जुलुसले मतगणना स्थलमा पुगेर मुख्य निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरेको थियो। मतदानको दिन गठबन्धन दलले पाँच मतदान केन्द्र कब्जा गरेको र सो केन्द्रमा पुनर्निर्वाचन गर्नुपर्ने माग सहित निर्वाचन आयोगमा एमालेको उजुरी परेपछि सम्पूर्ण मतगणना रोकिएको हो । उजुरी उपर निर्वाचन आयोगको तर्फबाट छानबिन भइरहेको छ । तर गठबन्धन दलले भने छानविनमा सघाउनुको सट्टा मत गणना गर्न दबाब दिइरहेको हो । गठबन्धन दलका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गरेपछि निष्पक्ष छानबिन प्रभावित हुने आशंका बढेको छ।
Be the first to comment on "मतगणनाको माग गर्दै गठबन्धन दलद्वारा प्रदर्शन"