मंसिरमा ४ सय सवारी साधन कारवाहीमा

दीक्षण समाचार, चरिकोट,  दोलखामा मंसिर महिनामा चार सय वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । क्षमताभन्दा बढी सामान बोक्ने, रुट परमिट ईजाजत नलिएका, लाइसेन्स बिना चलेका सवारी, मादक पदार्थ सेवन गरी चलाइएका ट्राफिक नियम विपरीत चलेका सवारी साधनलाई कारबाही गरिएको कार्यालयका प्रमुख भानुभक्त नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर महिनामा मोटरसाइकल, बस, जिपकार, ट्रक रहेको छ । कारबाहीमा परेका सवारीसाधन मध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको छ । जसमा एक सय ९ वटा मोटरसाइकल रहेका छन् । जसबाट एक लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । १ सय ८ वटा बस रहेको छ । जसबाट ८२ हजार ५ सय राजस्व संकलन भएको छ । त्यसैगरी १ सय १ ट्रक कारबाहीबाट ८० हजार र ८२ जिप कार कारबाहिबाट ८३ हजार राजस्व संकलन भएको छ । यी सबै गरी तीन लाख ६३ हजार ५ सय रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख नेपालले बताउनुभयो ।सडकमा अनुशासन कायम गराउदैँ दुर्घटना न्यूनीकरण गर्ने अभियानमा ट्राफिक प्रहरीहरु सदैव सक्रिय छन् ।
सोही अभियान अनुसार ट्राफिक प्रहरीद्धारा गरिएको चेकजाँचको क्रममा ट्राफिक नियम मिचेको पाइएपछि सवारी साधनलाई कारबाही गरिएको उहाँले बताउनुभयो । दुर्घटनाको जोखिमबाट बच्न प्रमुख भूमिका चालक स्वयंको हुन्छ । यसका लागि सम्पूर्ण ट्राफिक नियमको पालना गर्नुपर्दछ । तर नियम मिचेर लापरबाही गर्दा अनुशानहीनता बढ्छ । यसले दुर्घटना बढाउँछ । त्यसैले अनुशासित भएर चालकले सवारीसाधन सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । सडक सुरक्षाको लागि ट्राफिक प्रहरीहरु सदैव प्रतिबद्ध भएर जिम्मेवारी अनुसारको काम गरिरहेको कार्यालय प्रमुख नेपालले सुनाउनुभयो ।

Shares

Be the first to comment on "मंसिरमा ४ सय सवारी साधन कारवाहीमा"

Leave a comment

Your email address will not be published.


*