भ्युटावर–पानीट्याङ्की–देउराली सडक स्तरोन्नति गरिँदै

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित भ्युटावर पानीट्याङ्की देउराली सडकको स्तरोन्नति भइरहेको छ । केन्द्र सरकारको शशर्त अनुदान मार्फत उभोक्ता समितिको लागत सहभागितामा सो सडकको स्तरोन्नती भइरहेको हो ।
सो सडकको विभिन्न चार स्थानका कठिन भागहरुमा ढलान गरिने योजना अनुसार उपभोक्ता समिति मार्फत काम भईरहेको भीमेश्वर नगरपालिकाका सहायक ईञ्जिनीयर रामसरण दहालले जानकारी दिनुभयो । १८३ मिटरको पहिलो खण्ड, ५७ मिटरको दोसा्रे खण्ड तथा ९६ मिटरलामो तेस्रो खण्डको ढलान गर्ने काम सम्पन्न भइसकेको उहाँको भनाई रहेको छ । चौटो खण्डको ८० मिटर सडक ढलान गर्ने कार्य जारी रहेको उहाँको भनाई रहेको छ ।
कुल ७४ लाख २४ हजार उनानसत्तरी रुपैयाँ कुल लागत रहेको यो सडक स्तरोन्नति आयोजनामा भीमेश्वर नगरपालिकाको तर्फबाट ६० लाख तथा जनसहभागिताबाट १४ लाख २४ हजार उनन्सत्तरी रुपैयाँ बराबरको काम गरिने भीमेश्वर नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "भ्युटावर–पानीट्याङ्की–देउराली सडक स्तरोन्नति गरिँदै"

Leave a comment

Your email address will not be published.


*