भ्यान दुर्घटनामा पोलमा क्षतिको कारण जिरी नगरपालिका र वैत्यश्वर गाउँपालिका अन्धकार

चरिकोट– लामोसाँघु–जिरी सडक अन्र्तगत वैत्यश्वर गाउँपालिकाको खावामा सडकखण्डमा भ्यान दुर्घटना भएको छ । दुर्घटना भएको भ्यानले विद्युतीय पोल र तारमा क्षति पुगेपछि सो क्षेत्रमा विद्युत आपुर्ति रोकिएको छ । ना ४ ख ४९४० नम्वरको भ्यान साईड दिने क्रममा सडक भासिएर करिव ५० मिटर तल खसेको स्थानीयले बताएका छन ।
भ्यान पल्टिने क्रममा विद्युत प्राधिकरणको ३३ केवी प्रशारण लाईन माथि परेको थियो । भ्यान ३३ केवी प्रशारण लाईन माथि पर्दा तार चुँडिनुका साथै चार वटा विद्युतीय पोलमा क्षति पुगेको छ । निकै लामो दुरीसम्म तार चँडिनुका साथै दुई वटा पोल कामै नलाग्ने गरि क्षतिग्रस्त भएपछि तामाकोशी सव स्टेशन मार्फत विद्युत आपुर्ति हुने जिरी नगरपालिका र वैत्यश्वर गाउँपालिका अन्धकार भएको छ ।
भ्यान दुर्घटना हुँदा प्रशारण लाईनमा क्षति पुगेपछि तामाकोशी स्थित विद्युत सव स्टेशनमा रहेको ट्रान्समिटरमा समेत क्षति पुगेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । क्षतिग्रस्त विद्युत प्रशारण लाईन निर्माण गर्न एकरदुई दिन लाग्ने भएकाले जिरी र वैतेश्वरमा तत्काल विद्यतु आपुर्ति हुन सक्ने सम्भावना नरहेको नेपाल विद्यतु प्राधिकरण दोलखा वितरण केन्द्र दोलखाले जनाएको छ।

Shares

Be the first to comment on "भ्यान दुर्घटनामा पोलमा क्षतिको कारण जिरी नगरपालिका र वैत्यश्वर गाउँपालिका अन्धकार"

Leave a comment

Your email address will not be published.


*