भैँसी मरेपछि पीडित एकल महिलालाई आर्थिक सहयोग

दीक्षण समाचार
चरिकोट, असोज १३
दुहुनो भैँसी मरेपछि पीडित हुनु भएका एकल महिलालाई आर्थिक सहयोग गरिएको छ । बैतेश्वर गाउँपालिका–४ का वडाध्यक्ष कुमार चौलागाईँले सोही वडाका एकल महिला झुमादेवी बिश्वकर्मालाई व्यक्तिगत १५ हजार रुपैयाँ प्रदान गर्नु भएको हो
दशैँको समयमा पीडित हुनु भएका झुमादेवीलाई राहत महशुस गराउन व्यक्तिगत रुपमा सहयोग गरेको वडाध्यक्ष चौलागाईँले बताउनु भयो । “दुहुना भैँसी लडेर मरेपछि उहाँ भाव विह्वल हुँदै सबैलाई सहयोगको याचना गरिरहनु भएको रहेछ । उहाँको पीडामा महल्म स्वरुप व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको हुँ ।” उहाँले भन्नुभयो । आफुले दुःख गरेर पालेको दुहुना भैँसी लडेर मरेपछि झुमादेवीले चिन्तित हुँदै सहयोगको याचना गरिरहनु भएको थियो ।

Shares

Be the first to comment on "भैँसी मरेपछि पीडित एकल महिलालाई आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.


*