दीक्षण समाचार
चरिकोट, माघ २३
दोलखाको गौरीशंकर गाउँपालिकाले पीपीआर रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो । पशु सेवा शाखा प्रमुख पूर्ण बहादुर पुर्वछाने मगरले २५ गते देखि फाल्गुन २ गतेसम्म अभियान चल्ने हुँदा यसको सफलताको लागि तीव्र तयारी भइरहेको बताउनुभयो । भौगोलिक अवस्था र आवश्यकतालाई दृष्टिगत गरी किसानको सहजताको लागि वडा नै पिच्छे खोप केन्द्र निर्धारण गरिएको छ । ती खोप केन्द्रहरुमा एकएक जना गरी जम्मा नौ जना भ्याक्सिनेटर परिचालन गरिने छ । उहाँले खोप केन्द्रमा आफूले पालेको भेडाबाख्रा ल्याई खोप लगाउन सकिने भएकोले मौकाको फाइदा उठाउन अनुरोध गर्नुभयो । ६० वटा भन्दा धेरै बाख्रा रहेका कृषकको फार्म वा गोठमै पुगी पीपीआर विरुद्धको खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । पीपीआर रोग लागेमा भेडाबाख्रा मर्ने सम्मको स्थित आउँछ । त्यो अवस्था आउन नदिनको लागि एक मात्र उपाय रोग विरुद्धको खोप लगाउनु हो । वर्षेनी पीपीआर रोग विरुद्धको खोप अभियान पालिकाले सञ्चालन गर्दै आएको प्रमुख मगरले सुनाउनुभयो ।
Be the first to comment on "भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खाेप दिइने"