चरिकोट(दीस)ः भूमि तथा श्रमिक संगठन नेपाल जिल्ला कार्यसमिति दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सोमबार सदरमुकाम चरिकोटमा अधिवेशन सम्पन्न भएको हो ।
संगठनको प्रथम अधिवेशनले जिल्ला नेतृत्व चयन गरेको छ । अधिवेशनले शुक्रराज तामाङको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समतिको गठन गरेको भूमि तथा श्रमिक संगठन नेपाल जिल्ला कार्यसमिति दोलखाले जनाएको छ । नवगठित कार्य समितिको उपाध्यक्ष कविता मुग्राती तथा विकास थामी, सचिवमा फौजप्रसाद फूयाल, उपसचिवमा डोलबहादुर खत्री तथा विरबहादुर तामाङ, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य रहनु भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले गर्नु भएको थियो ।
Be the first to comment on "भूमि तथा श्रमिक संगठनको जिल्ला अधिवेशन सम्पन्न"