भूकम्पको धक्का महसुस

काठमाडौँ, १८ पुस : काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।

Shares

Be the first to comment on "भूकम्पको धक्का महसुस"

Leave a comment

Your email address will not be published.


*