भुमिहिनले पाए ब्ल्याङ्केट

इश्वर बिश्वकर्मा- मंगलबार भुमिहिन परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
भुमिहिन परिवारलाई चिसो मौसममा न्यानोको प्रत्याभूत गराउन निता राउत फाउन्डेसनद्वारा भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेका भुमिहिन २० घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।

विभिन्न जिल्लाका साथै परदेशमा रहेका नेपाली नागरिकहरुको आर्थिक सहयोगमा भुमिहिन परिवारलाई जाडो छल्न ब्ल्याङ्केट वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष निता राउतले बताइन् ।
रकम अझै बाँकि रहेकोले अन्य स्थानमा समेत न्यानो कपडा वितरणको योजना रहेको उनले जानकारी दिइन् । ब्ल्याङ्केट वितरण कार्यक्रममा भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, सामाजिक मेलमिलापकर्ता दोलखाका अध्यक्ष स्टालिन श्रेष्ठ, सन्चारकर्मी शिबजि प्रधान लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "भुमिहिनले पाए ब्ल्याङ्केट"

Leave a comment

Your email address will not be published.


*