भीमेश्वर १ मा विपद् व्यबस्थापन योजना बन्ने

चरिकोट, (दीस) –भीमेश्वर नगरपालिका वडा नम्बर १ मा वडास्तरीय विपद् व्यबस्थापन योजना बन्ने भएको छ । बृहत्तर विपद् जोखिम व्यबस्थापन कार्यक्रम(सिडिआरएमपी) परियोजनाले आज गरेको परिचयात्मक कार्यक्रममा बोल्दै वडा अध्यक्ष वीरबहादुर थामीले वडास्तरको विपद् व्यबस्थापन योजना बनाउने जानकारी दिनुभएको हो । ‘आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा वडाले विपद् व्यबस्थापनका लागि ५ लाख रुपैंयाँ बजेट बिनियोजन गरेको छ । कस्ता कार्यक्रममा कसरी खर्च गर्ने भन्ने विषयमा अन्यौल भएका कारण अहिलेसम्म उक्त बजेट खर्च नभएका कारण योजना बनाएर खर्च गर्ने तयारी भैरहेको छ ।’ उहाँले भन्नुभयो, ‘युएनडिपी र सामुदायिक विकास मञ्च लगायतका संघ संस्थासँगको सहकार्यमा वडास्तरको विपद् व्यबस्थापन योजना निर्माण गर्नुपर्छ । योजना भएपछि नगरपालिकासँग पनि विपद् व्यबस्थापनका कार्यक्रमका लागि बजेट माग्न सजिलो हुन्छ । विपद् सम्बन्धी काम गर्ने अरु संघ संस्थालाई पनि त्यहि योजना कार्यान्वयनमा सहयोग गर्न अनुरोध गर्नुपर्छ ।’
नगरपालिकाको विपद् जोखिमन्यूनीकरण तथा व्यबस्थापन ऐन २०७५ अनुसार वडा नम्बर १ क्षमावतीमा १५ सदस्यीय विपद् व्यबस्थापन समिति समेत गठन भएको छ । ‘हामीले यहि फागुन ५ गते नैं विपद् व्यबस्थापन समिति गठन गरेका थियौं । अब छिट्टै खोज उद्धार, प्राथमिकउपचार लगायतका कार्यदल गठन गर्ने र विपद्का बेला परिचालनगर्ने तयारीमा छौं ।’ थामीले भन्नुभयो, ‘वडा भित्रमाजोखिमयुक्त ठाउँहरुको पहिचान गरेर ती जोखिमको सम्बोधन गर्ने गरी कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।’ परिचयात्मक कार्यक्रमका सहभागीले भूकम्प पछिको पहिरोका कारण बोसिम्पा जोखिममा रहेको तथा पहिरोका कारण फेदी र कोटेपोले जोखिममा रहेको बताएका छन् । वडाभरी विद्युतीय दुर्घटना, आगलागी र चट्याङको जोखिम रहेकोले त्यस्ता जोखिमबाट क्षति हुन नदिनका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा सहभागीले जोड दिएका छन् ।
कार्यक्रममा सिडिएफ नेपालका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले शहरी क्षेत्रका समुदाय तथा स्थानीय तहमा विपद् जोखिमबारे बुझाइमा अभिवृद्धि गर्ने, प्रभावकारी आकस्मिक प्रतिकार्य तथा व्यबस्थापनका लागि स्थानीयतह तथा समुदायको क्षमता अभिवृद्धि गर्ने परियोजनाको उद्धेश्य रहेको जानकारी दिनुभयो । ‘सामुदायिकविकास मञ्च (सिडिएफ) नेपालले युएनडिपी सँगको साझेदारीमा नगरपालिकाको १, २, ४, ५ र ७नम्बर वडामा बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिमन्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धिका लागि काम गर्ने हो ।’ उहाँले भन्नुभयो, ‘छोटो समय र बजेट सहितको कार्यक्रमभएकोले यसले वडा र समुदायमा विपद् जोखिमबारे बुझाइमा अभिवृद्धि गर्ने र विकास निर्माणका योजनामा विपद् जोखिममुल प्रवाहीकरण गर्नका लागि यहाँहरुको क्षमता विकासमा सहयोग गर्छ तपाईहरुले ठूलो अपेक्षा नगर्नुभए हुन्छ ।’
५ वटा वडामा ९ महिनाको परियोजना अवधिमा कार्यक्रम, कर्मचारी खर्च, प्रशासनिक लगायत गरी ५७ लाख६५ हजार रुपैंयाँ खर्च हुने अनुमान गरिएको परियोजना संयोजक विनोद शर्माले बताउनुभयो । वडामा लक्षित समुदाय र स्थानीय पदाधिकारीहरुको शहरी क्षेत्रहरुमा बहुप्रकोप जोखिमतथा संकटा सन्नता सम्बन्धीको बुझाईमा अभिबृद्धि तथा नगरपालिकाको जोखिमको जानकारी सहितको विकास योजना निर्माणमा सहजिकरण सम्बन्धी कार्यका लागिउक्त रकम खर्च हुन लागेको उहाँको भनाई छ । युरोपेली युनियनको नागरिक संरक्षण तथा मानवीय साहयता सञ्चालन विभागको आर्थिक तथा युएनडिपीको प्राविधिक सहयोगमा परियोजना सञ्चालन भैरहेको छ । परिचयात्मक कार्यक्रममा वडा सदस्यहरु, विपद् व्यबस्थापन समितिका सदस्यहरु, विद्यालय, सामुदायिक वन, आमा समूह, स्वास्थ्यकर्मीहरु, अगुवाहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर १ मा विपद् व्यबस्थापन योजना बन्ने"

Leave a comment

Your email address will not be published.


*