दीक्षण समाचार
चरिकोट, बैशाख ६
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिर सोमबारदेखि पूर्ण रुपमा खुलाइएको छ । यसअघि भक्तजनबाट कोरोना भाईरस फैलावट हुने सम्भावित जोखिमलाई रोक्न भन्दै मन्दिरभित्रै पुगी भीमसेनको शिलाको दर्शन गर्न रोक लगाइएको थियो । तर भक्तजनको मागपछि मन्दिरभित्रै पसेर शिलाको दर्शन गर्न पाइने व्यवस्था मिलाइएको हो । कोरोना भाइरसको कहर अझै बृद्धि भईरहेकोले मन्दिर प्रवेश गर्न चाहने भक्तजनले अनिवार्य स्वास्थ्य सावधानीका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितिले जनाएको छ । कोरोनालाई ध्यान दिदैँ सावधानीका लागि बढीमा चारजनाले एकपटकमा दर्शन गर्न पाउने छन् ।
Be the first to comment on "भीमेश्वर मन्दिर पुर्ण रुपमा खुला"