दीक्षण समाचार /चरिकोट, – प्राचीन सहर दोलखामा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिरमा दर्शनार्थीको संख्या बढ्न थालेको छ । मन्दिर दर्शनको लागि स्थानीय मात्र नभई देश विदेशबाट भक्तजनको आवागमन भइरहेको र दैनिक दुई सय जना बढीले मन्दिर दर्शन गर्ने गरेका छन् । शनिबार भीमा एकादशीको अवसरमा मन्दिर दर्शन गर्न आउनुभएका रामकृष्ण सुनारले आफु पहिलो पटक काठमाडौंबाट भीमेश्वर मन्दिर आएको सुनाउनुभयो । उहाँले भन्नुभयो“ मन्दिरको विषयमा सुनेको भएपनि आउन सकिएको थिएन । तर आज त्यो अवसर मिलेको छ । पहिलोपटक मन्दिरको नजिकबाट साक्षात्कार गर्न पाइयो।“ उहाँ जस्तै शनिबार धेरै दर्शनार्थीहरु मन्दिरमा पुजामा व्यस्त थिए ।शनिबार सहित बिदाको दिन र विशेष जात्रापर्वमा भने दर्शनार्थीको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण मन्दिरमा गत बर्षहरुमा दर्शनार्थी कम थिए । तर अहिले कोरोनाको प्रभाव कम रहेको र अधिकांशले खोप लगाइसकेको हुनाले मन्दिरमा ढुक्क भएर दर्शन गर्नेहरु बढ्न थालेका हुन् । तर अझै पनि कोरोना संक्रमण साम्य नभएकोले मन्दिर प्रवेशका लागि नाकमुख ढाकिने गरी मास्कको प्रयोग र सामाजिक दुरीको पालना अनिवार्य गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । पहिलो र दोस्रो लहरमा कोरोना भाइरस अति खतरानाक रुपमा फैलिएकोले प्रशासनको आदेश पछि कोरोना सर्न सक्ने भन्दै दर्शनार्थीको लागि मन्दिर पटक पटक खोल्ने र बन्द गर्नुपर्यो । बन्द हुँदा पनि त्यो बेला मन्दिर बाहिरबाटै दर्शन गर्नेहरु पनि देखिएका थिए । तर तेस्रो लहरमा भने त्यस्तो अवस्था आएको छैन । अहिले पनि दैनिक भक्तजन आइरहेका छन् ।“ उहाँले भन्नुभयो । भीमसेनले ईश्वरत्व प्राप्त गरेको स्थल हो भीमेश्वर मन्दिर । जहाँ शिवको पनि उपासना गरिन्छ । मन्दिरमा रहेको एक शिला तीन अवतारको रुपमा पुजिने भीमशेनको शिलामा पसिना आए शुभ वा अशुभ हुने विश्वास गरिन्छ । यहाँ अहिलेसम्म १९ औँ पटक पसिना आएको छ । मन्दिरमा अन्य धर्मका पनि प्रतीकहरु रहेका कारण हिन्दुधर्मका मात्र नभई अन्य धर्म मान्नेहरु समेत दर्शनका लागि आउने गरेको उहाँले बताउनुभयो । मन्दिरमा आफुले मागेको कुरा पुरा हुने र पापबाट मोक्ष पाइने जनविश्वास रहिआएको छ । विभिन्न पर्व तथा अवसरमा विशेष पुजापाठ भीमेश्वर मन्दिरमा हुने गर्दछ । शनिबार मन्दिरमा एकादशीको दिन पुजाआराधना गरिएको छ। समितिका अध्यक्ष श्रेष्ठले एकादशीको दिनभर होम यज्ञ र विशेष पुजापाठ गरिने प्रचलन रहेपनि कोरोना महामारीका कारण यो बर्ष सामान्य पुजापाठ मात्र गरिएको उहाँले सुनाउनुभयो । “गत वर्ष पनि भीमा एकादशीको दिन सबै विधिका पुजापाठ नगरेर सामान्य पुजापाठ मात्र गरिएको थियो । यो बर्ष पनि कोरोनाको सन्त्रास बाँकी रहेको कारण सामान्य पुजापाठमै एकादशी सीमित भएको छ।“ मन्दिरमा भीमा एकादशीको दिन ब्रत र रातीभरी जाग्राम बस्ने गरिएको छ । यस्तो गरेपछि भीमेशेनले प्राप्त गरेको शक्ति मानिसमा पनि प्राप्त हुने जनविश्वास रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भीमेश्वर मन्दिरमा दर्शनार्थीको संख्या बढ्न थाल्यो
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ४ फाल्गुन २०७८, बुधबार १७:५२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "भीमेश्वर मन्दिरमा दर्शनार्थीको संख्या बढ्न थाल्यो"