भीमेश्वर मन्दिरको प्रवेशद्धारमा राखिएको मूर्ति चोरी

दीक्षण समाचार
चरिकोट, कार्तिक २५
दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित दाेलखा बजारमा रहेको भीमेश्वर मन्दिर प्रवेशद्धारमा राखिएको मूर्ति चोरी भएको छ । बुधबार राती साँढे ११ बजे एक जना व्यक्तिले प्रवेशद्धारमा रहेको दुई वटा सरस्वतीको मूर्ति चोरी गरेको दृष्य मन्दिर परिसरमा राखिएको सीसी क्यामरामा कैद भएको हो । चोरी भएको त्यो मूर्ति २०५१÷०५२ सालमा मन्दिर जीर्णोद्धारको क्रममा राखिएको थियो । गएराती मूर्ति चोरी भएको भीमेश्वर मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । मूर्ति चोरी गर्ने व्यक्तिको पहिचानको लागि मन्दिर परिसरमा कैद भएको अन्य भिडियो क्लीप प्रहरीले लिएको छ । घटनाबारे अनुसन्धान गरी घटनामा स‌लग्नलाइ कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उहाँको अनुसार प्रवेशद्धारमा राखिएको दुइ वटा सरस्वतीको मूर्ति ढुँगाको हो ।

Shares

Be the first to comment on "भीमेश्वर मन्दिरको प्रवेशद्धारमा राखिएको मूर्ति चोरी"

Leave a comment

Your email address will not be published.


*