भीमेश्वर नगरपालिका कार्यालय परिसरमा नेपाल बैँकको एक्सटेन्सन काउन्टर

दीक्षण समाचार
चरिकोट, चैत्र १३
दोलखाको भीमेश्वर नगरपालिकाको कार्यालय परिसरमा नेपाल बैँक लिमिटेडले एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । आइबार नेपाल बैँक लिमिटेड सञ्चालक समितिका अध्यक्ष समुनराज अर्याल र नगर प्रमुख भरतबहादुर केसीले काउन्टरको संयुक्त रुपमा गर्नुभयो । नगरपालिकाको पालिकाको आर्थिक कारोबारका साथै नगरपालिकामा आउने सेवाग्राहीलाई सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्धेश्यले काउन्टरको सञ्चालनमा ल्याइएको नगर प्रमुख केसीले बताउनुभयो । उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, नगरउपप्रमुख कमला बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका कार्यालय परिसरमा नेपाल बैँकको एक्सटेन्सन काउन्टर"

Leave a comment

Your email address will not be published.


*