चरिकोट (देलखा), १८ मङ्सिरः बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । एसियाली पूर्वतयारी केन्द्र (एडिपिसी) को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर) र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु) को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले सो आवश्यकतामा जोड दिएका हुन् । नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम गर्न सकिएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँहरुको भनाइ रहेको छ । नगरपालिकाका नौवटै वडाका पाँच÷पाँचजना गरी ४५ जना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत गत जुनदेखि अक्टोबरसम्मको वर्षा मापनको सूचना सङ्कलन गरी त्यसका आधारमा मौसम पूर्वानुमान गरिएको थियो । हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो । आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपाकिलाबाट प्राप्त अनुभवका आधारमा यस वर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । एस४डब्लुका डा सञ्जीव न्यौपानेले नागरिक वैज्ञानिक कार्यत्रमलाई देशभरि विस्तार गर्न सकिएको मौसमी विपद्बाट बर्सेनि हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्रकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने बताउँदै यस्ता सफल अभ्यासहरुलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्नुभयो । नागरिक वैज्ञानिक यदुनाथ न्यौपाने र कमला ओलीले विपद्बाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नागरिक वैज्ञानिकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । –––
भीमेश्वर नगरपालिकाद्धारा ‘नागरिक वैज्ञानिक’ अभियान विस्तारमा जोड
Posted By: दीक्षण दैनिक १८ मंसिर २०८१, मंगलवार १४:३७
१८ मंसिर २०८१, मंगलवार १९:४०
२०८१ मंसिर १८गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१८ मंसिर २०८१, मंगलवार १४:३७
भीमेश्वर नगरपालिकाद्धारा ‘नागरिक वैज्ञानिक’ अभियान विस्तारमा जोड
१८ मंसिर २०८१, मंगलवार १४:४४
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
१८ मंसिर २०८१, मंगलवार १४:३०
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
१९ मंसिर २०८१, बुधबार १०:३५
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
१९ मंसिर २०८१, बुधबार १०:२१
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
१९ मंसिर २०८१, बुधबार १०:३१
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
१९ मंसिर २०८१, बुधबार १०:२८
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
१९ मंसिर २०८१, बुधबार १०:१६
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
१९ मंसिर २०८१, बुधबार १०:२३
Be the first to comment on "भीमेश्वर नगरपालिकाद्धारा ‘नागरिक वैज्ञानिक’ अभियान विस्तारमा जोड"