भीमेश्वर नगरपालिकाद्धारा ६१ लाख भन्दा बढी राजस्व संकलन

ईस्वर विक
दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको ३ महिनामा ६१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजमहिनाको अवधीमा ६१ लाख ९२ हजार ७ सय १५ रुपैँया राजस्व संकलन गरेको हो ।
नगरले नक्सा पास, एकिकृत सम्पति कर, घरबहाल कर, सरकारी सम्पति कर, व्यवसाय रजिटे«शन लगायतका शिर्षकमा राजस्व संकलन गरेको जनाएको छ । नगरका अनुसार सबैभन्दा बढी राजस्व नक्सा पास दस्तुरबाट २० लख ५९ हजार ३ सय १८ रुपैँया संकलन भएको छ । १५ लाख ७५ हजार ८ सय २८ एकिकृत सम्पति कर, घरबाहल कर ५ लाख ६३ हजार ५ सय २७ रुपैँया राजस्व संकलन भएको नगरले जनाएको छ । यस्तै व्यवसाय रजिट्रेशन दस्तुरबापत ७ लाख ६७ हजार १ सय ३० रुपैँया, सरकारी सम्पत्तिको बहालबाट २ लाख ७९ हजार ७ सय ५३ रुपैँया राजस्व संकलन भएको छ ।
शिक्षा क्षेत्रको आम्दानी १७ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट ५९ हजार ८ सय राजस्व संकलन भएको नगरका बरिष्ठ आन्तरिक लेखा परिक्षण अधिकृत जगदिश अर्यालले बताए ।
सिफारिस दस्तुरबाट ८३ हजार ६५ सय ६८ रुपैँया, व्यक्तिगत घटना दर्ता दस्तुर ५ हजार ५० र अन्य दस्तुरबाट ५ हजार ६ सय ९० रुपैँया राजस्व संकलन भएको उनले बताए । नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो । नगरले तिन करोड चार लाख ३८ हजार ८ सय रुपैँया राजस्व संकलन गरेको नगरले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाद्धारा ६१ लाख भन्दा बढी राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*