ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
भीमेश्वर नगरपालिकाको प्रवक्तामा तारानाथ चौलागाईँ चयन हुनुभएको छ। बुधबार सम्पन्न नगर कार्यपालिकाको दोस्रो बैठकबाट वडा नं. ४ का वडाध्यक्ष समेत रहेका चौलागाईँ प्रवक्तामा चयन हुनुभएको हो । प्रवक्ता चौलागाईँले नगरपालिकाको साझा धारणा तथा बैठकमा भएका निर्णयहरु व्यवस्थित तवरबाट जनता समक्ष सार्वजनिक गर्ने आपm्नो जिम्मेवारी रहेकोले सोही अनुरुप हुने बताउनुभयो । ”नगरको धारणा तथा नगरमा भएका बैठकको निर्णयहरु सार्वजनिक गर्न कार्यपालिकाले प्रवक्ता मलाई तोकेको हो ।“ उहाँले भन्नुभयो ”जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्छु । समन्वय र सहकार्यका साथ जनता सामु नगरका धारणा सार्वजनिक हुने छन्।“ कार्यपालिकाको पूर्णता पाएपछि भएको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट निर्माणको विषयमा छलफल भएको उहाँले सुनाउनुभयो । त्यसैगरी विभिन्न समिति गठन गरिएको छ । कार्यपालिका बैठकमा भएका निर्णयहरु बिहीबार सार्वजनिक गरिने प्रवक्ता चौलागाईँले बताउनुभयो ।
Be the first to comment on "भीमेश्वर नगरपालिकाको प्रवक्तामा चौलागाईँ"