दीक्षण समाचार
चरिकोट, चैत्र १५
दोलखाको भीमेश्वर नगरपालिकाको कार्यालयमा मंगलबार नेपाली कांग्रेसले तालाबन्दी गरिदिएको छ । नगरपालिकाले चुनावको मुखमा विभिन्न शीर्षकमा रकम बाँडेको आरोप लगाउँदै नेपाली कांग्रेस भीमेश्वर नगर कार्यसमितिले कार्यालयमा ताल्चा लगाइदिएको हो । कांग्रेस भीमेश्वर नगर समितिको नेतृत्वमा गएका कांग्रेसका नेता कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृतको कक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन् । नगरपालिकाले धमाधम रकम बाँडेपछि त्यसको विरोधमा नगरमा तालाबन्दी गरिएको समितिका सभापति शंकर कार्कीले बताउनुभयो । स्थानीय तहको निर्वाचनको तयारीमा जुटिरहेको बेला आफू अनुकुलाई तोक आदेशमा रकम बाड्न शीर्षक नखुलाई बिभिन्न कार्यक्रम राख्ने नगरकाे कदम प्रति यस अघि नै बिरोध जनाएर पटक पटक सचेत गराउदै आएपनि नगरले नटेरेकाे आरोप उहाँले लगाउनुभयो । स्थानीय सरकार सञ्चालन सम्बन्धी कानुन तथा ऐनहरुमा कुनै पनि बजेट वा कार्यक्रम बनाउँदा विनियोजन ऐन जहिले बन्छ त्यही बेला कार्यक्रमका शीर्षक तोकेरै खुलाउनुपर्ने सैद्धान्तिक मान्यता पालना नगर्ने नगरप्रति आफूहरु सशक्त आन्दोलनमा उत्रिने क्रममा नगरपालिकाका कार्यालयमै तालाबन्दी गरिएको सचिव रूद्र जंग बुढाथोकीले बताउनु भयाे ।
Be the first to comment on "भीमेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी"