चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित हुनुभएको छ । ब्याटमिन्टन प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगर प्रमुख भरत केसी र क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले दोसल्ला तथा माला लगाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।भीमेश्वर नगरपालिकामा २०७५ चैत्र २२ देखि प्रमुख प्रशासकीय अधिकृतको पदमा रही कार्यरत रहँदा पेशागत मर्यादा, पदीय अनुशासन, व्यवासयिक निष्ठा र उच्च मनोबलका साथ आफ्नो निर्धारित जिम्मेवारी र भूमिका कुशलतापूर्वक निर्वाह गरी नगरको विकासको साथसाथै लालीगुराँस क्लबले अयोजना गर्ने हरेक सामाजिक, सांस्कृति र खेलकुद गतिविधिमा बौद्धिकता पूर्वक सल्लाह, सुझाव तथा सकारात्मक सहयोगको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको क्बलले जनाएको छ । सो अवसरमा उहाँले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै समाजप्रतिको दायित्वबोध भएको लालीगुराँस युवा क्बलले सामाजिक, सांस्कृतिक र खेलकुदका गतिविधिमा उल्लेखनीय योगदान दिएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले नगरले खेल क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको र ती कामहरुबाट अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने सुनाउनुभयो । लालीगुराँस युवा क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले खेल क्षेत्रमा युवा आकर्षण बढाउन र ब्ब्याटमिन्टन खेलको विस्तार र विकासका लागि प्रतियोगिता आयोजना गरिएको सुनाउनुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २४ फाल्गुन २०७८, मंगलवार १७:४८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित"