चरिकोट(दीस) ः भीमेश्वर नगरपालिकाका भित्रका युवाहरु गोलभेडा खेती तर्फ आकर्षित भएको पाईएको छ । सडकको सहज पहुँच सँगै गोलभेडा खेतितर्फ उनीहरु आकर्षित भएका हुन् ।
भीमेश्वर नगरका जिलु , मकैवारी, तिखातल, रामकोट, क्षमावती लगायतका ठाउँका युवा कृषकहरु अहिले तरकारी खेति विशेष गरी गोलभेडा खतितर्फ आकर्षित भएको भीमेश्वर नगरपालिका वडा नम्बर एककी सीता थामीले बताउनु भयो ।
भीमेश्वर नगरपालिका वडा नम्बर चारका सचिन चौलागाई घर नजिकै रहेको सर्व माविमा बाली विज्ञान डिप्लोमा पढेपछि जागिरको खोजिमा कतै भौतारिनु भएन । आफूले पढेको कुरा लाई ब्यवहारमा उतारी जीवनयापनको साधन बनाउने उद्देश्यका साथ उहाँ गोलभेडा खेतीमा लाग्नु भयो । आफ्नो जग्गा सहित आठ रोपनीमा गोलभेडा खेति सुरु गरेका सचिनका उत्पादनहरु अहिले बजारमा पुगिसकेका छन् । अर्गानिक खेती गरेका चौलागाईंको लक्ष्य दोलखालाई गोलभेडामा आत्म निर्भर बनाउने लक्ष्य छ । यस्तै भीमेश्वर नगरपालिका वडा नम्बर ६ का माधव न्यौपाने नमूना युवा किसानका रुपमा चर्चित हुनु हुन्छ । उहाँले गोलभेडा मात्र हैन यो क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेती गर्नु भएको छ । यस्तै मकैवारीका युवाहरुले अहिले मकैवारी क्षेत्रलाई नै विभिन्न तरकारी हबको रुपमा विकास गरिरहेका छन् । मकैवारीका तरकारीहरु कालिमाटी तरकारी बजार देखि वर्दीवास सम्म पुग्ने गरेको त्याहाँका किसानहरुको भनाई रहेको छ । युवाहरु विदेश जाने चक्करमा लाग्नु भन्दा आफ्नै खेतवारीमा काम गरी आत्म निर्भर बन्न उनीहरुको सल्लाह छ ।
Be the first to comment on "भीमेश्वर नगरका युवाहरु गोलभेडा खेती तर्फ आकर्षित"