चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्त अर्थात् ६ महिनाको अवधिमा एक करोड ६६ लाख ३३ रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत वर्षको सोही अवधिभन्दा ३५ लाख ९१ हजार ४ सय ८६ रुपैयाँ बढी हो।
गत आर्थिक वर्ष २०८०÷०८१ मा साउनदेखि पुस मसान्तसम्म १ करोड १७ लाख ९२ हजार ९ सय १७ रुपैयाँ राजस्व संकलन भएको थियो। नगरपालिकाको राजस्व शाखामार्फत ६ महिनाको अवधिमा १ करोड ६ लाख १९ हजार ४ सय ६१ रुपैयाँ राजस्व संकलन भएको छ भने वडाहरूमार्फत ६० लाख ३० हजार ५ सय ७२ रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष नगरपालिकाले साउन ९ वटा वडा मध्येमा सबैभन्दा बढी वडा नम्बर ३ मा र सबैभन्दा कम वडा नम्बर ४ मा राजस्व संकलन भएको भीमेश्वर नगरपालिकाका आन्तरिक राजस्व प्रमुख वरिष्ठ शाखा अधिकृत विक्रम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ३ बाट सबैभन्दा बढी १६ लाख ५४ हजार १ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ भने वडा नम्बर ४ बाट सबैभन्दा कम २ लाख ४१ हजार ४ सय ४१ रुपैयाँ राजस्व संकलन भएको छ ।
वडा नम्बर १ बाट ३ लाख ९६ हजार ३ सय ९९ रुपैयाँ, वडा नम्बर २ बाट ५ लाख ४० हजार २ रुपैयाँ, वडा नम्बर ५ बाट ४ लाख २८ हजार ६ सय ७५ रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, वडा नम्बर ६ बाट १० लाख ६३ हजार १ सय २३ रुपैयाँ, वडा नम्बर ७ बाट ४ लाख ८० हजार ३ सय २५ रुपैयाँ, वडा नम्बर ८ बाट ३ लाख ७० हजार २ सय ८० रुपैयाँ, र वडा नम्बर ९ बाट ८ लाख ५६ हजार २ सय ४ रुपैयाँ राजस्व संकलन भएको छ ।६ महिनाको अवधिमा ८९ व्यवसाय दर्ता, १६६ व्यवसाय नवीकरण, र ५ व्यवसाय बन्द भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत वर्ष नगरपालिकाले ३ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्कीले बताउनुभयो ।
Be the first to comment on "भीमेश्वरले उठायो ६ महिनामा १ करोड ६६ लाख राजस्व"