भीमेश्वरका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन सुरु

२२ फागुन, दोलखा । (दीस) –भीमेश्वर नगरपालिकाका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन गर्न थालिएको छ ।नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसार वडा स्तरमा विपद् व्यबस्थापन समिति गठनसँगै जोखिम युक्त क्षेत्रहरुको नक्साङ्कन गर्न थालिएको हो । वडा नम्बर ५ मापहिरोका कारण कात्तिके र बुस्तीम ा६० घर, बिसुन्टोलमा ३५ घर, घोक्सिलामा २५ घर र पाताल कान्लेमा १५ घर जोखिममा रहेको र जोखिम न्यूनीकरणका लागि काम गर्नु पर्ने कुरामा सरोकारवालाले जोड दिएका छन् । ‘भीमेश्वर नगरपालिकाले बनाएको ऐनका आधारमा वडास्तरीय विपद् व्यबस्थापन समिति बनाइएका छौ । समिति गठनकै अवसरमा वडा भित्रको जोखिमयुक्त क्षेत्रको सामान्य नक्साङ्कन गर्दा पहिरोका कारण कात्तिके, बुस्ती, घोक्सिला, बिसुन्टोल र पातालकान्ले क्षेत्र जोखिममापाइयो ।’ वडाअध्यक्ष रामचन्द्र बस्नेतले भने े, ‘विद्युतिय दुर्घटना, जँगली जनावरको आतंक र आगोलागीको जोखिम वडाभरी रहेको पाइएको छ । ती जोखिमयुक्त क्षेत्रको आवश्यकता र समस्या सम्बोधन हुने गरी योजना बनाउनु पर्ने कुराको सुझाव पनि आएको छ ।’ एक वर्ष अगाडी देखिनैं वडास्तरमा विपद् व्यबस्थापन समिति गठनको प्रयास भएपनि सामुदायिक विकास मञ्चले परियोजना परिचयात्मक कार्यक्रम आयोजना गरेको अवसरमा समिति गठन र जोखिम क्षेत्रको नक्साङ्कन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
वडा नम्बर ७मा पनि जँगली जनावरको आतंक र आगोलागीको जोखिम वडाभरी रहेको र नयाँ सडक निर्माणका क्रममा आसपासमा जोखिम पर्ने भएकोले ध्यान दिनु पर्ने सुझाव आएको छ । ‘वडाभित्रका जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गर्दा पहिरोका कारण खोलाखर्कको २ सय घर, काउले आसपासमा २३ घर, सुइरे पहिरोमा २० घर र बालुवागाउँमा १२ घर जोखिममा रहेको पाइएको छ ।’ वडाअध्यक्ष कैलाशकुमार श्रेष्ठले भने, ‘भूकम्पपछिको पुननिर्माणका लागिनिर्माण सामाग्री ढुवानीका लागि टोलटोलमा पुग्ने गरी सडक निर्माण गरेका हौं । अबका दिनमा हामीले विपद् व्यबस्थापनका लागि पनि काम गर्नु पर्ने भएको छ ।’ वडा कार्यालयको छुट्टै बैंक खाता नहुने भएकोले र वडाले बजेट बिनियोजन गर्न नपाउने भएका कारण विपद् व्यबस्थापनकालागि वडाले छुट्टै बजेट बिनियोजन गर्न नसकेको तर पहिरो रोकथाम लगायतका कामका लागि योजना छनोट भई कार्यान्वयन भैरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘वडाभित्रका जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गर्दा पहिरोका कारण फेदी र कोटेपोले आसपासको क्षेत्र पनि जोखिममा रहेको पाइयो । भूकम्प पछिको पहिरोका कारण बोसिम्पाका सबै घरधुरी बिस्थापित हुनु परेको छ ।’ वडाअध्यक्ष वीरबहादुर थामीले भने , ‘वडाभरी विद्युतीय दुर्घटना, आगलागी र चट्याङको जोखिम रहेको र त्यस्ता जोखिमबाट क्षति हुन नदिनका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा सहभागीले जोड दिएका छन् । हामीविपद् व्यबस्थापन योजना समेत बनाएर त्यस्ताजोखिमको न्यूनीकरण गर्ने प्रयासमा छौं ।’
वडा नम्बर ५ माअध्यक्ष रामचन्द्र बस्नेतको संयोजकत्वमा १९ सदस्यीय विपद ्व्यवस्थापन समिति गठन भएको छ भने वडा नम्बर ७म ाअध्यक्ष कैलाशकुमार श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय विपद् व्यबस्थापन समिति गठन भएको छ । नगरपालिकाकै वडा नम्बर १माअध्यक्ष वीरबहादुर थामीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ । समितिले वडाको विपद्् व्यवस्थापनको योजनाको तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने, आपतकालिन कोषको स्थापना र सञ्चालनको व्यवस्था मिलाउने, वडामा विकास निर्माणका क्रियाकलापहरू कार्यान्वयन गर्दा विपद्् जोखिम व्यावस्थापनलाई मूलप्रवाहीकरण गर्नु पर्ने लगायतका कुराहरु नगरपालिकाले बनाएको ऐनमा उल्लेख गरिएको छ ।
वडा कार्यालयसँगको सहकार्यमा सामुदायिक विकास मञ्च(सिडिएफ) नेपालले आयोजना गरेको वृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रम(सिडिआरएमपीपरियोजना) को परिचयात्मक कार्यक्रमसँगै समिति गठन र जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गरिएको हो । त्यस्ता जोखिमयुक्त क्षेत्रमाबसोबास गर्ने समुदायसँग छलफल तथाअन्तरक्रिया गरी त्यहँँको आवश्यकता पहिचान र सम्बोधनका लागि योजनानिर्माण तथा कार्यान्वयनका लागि सहजिकरण गर्ने परियोजनाले जनाएको छ । त्यस्तै वडास्तरको विपद् व्इबस्थापन योजनानिर्माणका लागि समेत प्राविधिक सहयोग उपलब्ध गराइने परियोजना संयोजक विनोद शर्माले जानकारी दिए । युरोपेली संघ र युएनडिपीसँगको साझेदारीमा सिडिएफ नेपाल दोलखाले नगरपालिकाको १, २, ४, ५ र ७ नम्बर वडामा बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिमन्यूनीकरण तथा आकस्मिक प्रति कार्य क्षमता अभिबृद्धिका लागि विभिन्न कृयाकलापहरु सञ्चालन गर्ने जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वरका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन सुरु"

Leave a comment

Your email address will not be published.


*