भिमेश्वर नगरपालिकद्धारा थप १ हजार भत्ता दिएर वृद्धवृद्धाको सम्मान

चरिकोट – भिमेश्वर नगरपालिकाले स्वास्थ्य उपचार स्वरुप वृद्धवृद्धा सम्मान कार्यक्रमलाई सोमबारबाट सुरु गरेको छ । यो सम्मान कार्यक्रम नगरपालिकाका सवै वडामा सुरु भएको छ । नगरपालिका मेयर भरत के.सीले नगरपालिकाको वडा नंम्वर १ सुस्पामा एक समारोह बिच ९२ वर्षकी धनमाया शिवाकोटीलाई एक हजार रुपैया हस्तातरण गर्दै सो कार्यक्रमको सुभारम्भ गरेका छन । त्यसैगरी वडा ९ मा उपमेयर कमला वस्नेतले कार्यक्रमको शुभारम्भ गरेकी छन । नगरपालिकाले ७५ बर्ष पुगेका नागरिकलाई सम्मान कार्यक्रम ल्याएको छ ।
सुस्पामा भएको कार्यक्रममा बोल्दै मेयर के.सीले बृदबृदालाई सम्मान होस भनेर नगरपालिकाले सहयोग स्वरुप स्वास्स्थ उपचारको लागि यस्तो व्यवस्था गरेको जानकारी दिए । नगरपालिकाले यो बर्ष देखी केही सहयोग पुगोस भनेर यस्तो वृद्धवृद्धा सम्मान कार्यक्रम ल्याइएको पनि वताए ।
त्यसैगरी संघिय सरकारले दिने बृद्धा बापतको भत्ता वैक मार्फत दिने व्यवस्था भएको र नगरपालिकामा ३ वटा वैकबाट दिने व्यवस्था मिलाइएको पनि उनले बताए । वैकमा गएर खाता खोल्न नसक्ने वृद्ध वृद्धालाई दसैपछि गाउँमा आएर खाता खोल्ने व्यवस्था मिलाइएको पनि मेयर के.सीले बताए ।
त्यसैगरी फरक प्रसङगमा मेयर के.सीले उपभोक्ता समितिबाट हुने काममा कसैले अनियमिता गरेमा यस्तो उपभोक्ता समिति बारेमा नगरपालिकामा उजुरी गर्न आग्रह गरे । अनिमित गर्ने उपभोक्ता समितिलाई कारवाही गर्न नगरपालिका सधै तयार रहेको वताए । त्यसैगरी जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारी शिवाकाटीले नरपालिकाको यो कार्यक्रम राम्रो भएको बताए । औसधी उपचारमा ल्याइएको कार्यक्रम सकारात्मक भएको पनि शिवाकाटीले बताए । वडा नंम्वर १ सुस्पाका स्थानीय ७५ वर्षिय पदम कार्कीले यस्तो कार्यक्रमले थोरै भए पनि टेवा पुगेको बताए ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकद्धारा थप १ हजार भत्ता दिएर वृद्धवृद्धाको सम्मान"

Leave a comment

Your email address will not be published.


*