भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० दिनपछिकै सबैभन्दा कम

नयाँ दिल्ली, ४ भदौ (रासस÷एएनआई) ःभारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् । सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार पाँच सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म चार लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा पाँच सय ४० जनाको मृत्यु भएको हो । अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा धेरै हो । –––

Shares

Be the first to comment on "भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० दिनपछिकै सबैभन्दा कम"

Leave a comment

Your email address will not be published.


*