भविष्य निर्माण महिला साकोसका २६ औँ साधारणसभाको शुभारम्भ

मैनापोखरी /प्रविण खतिवडा –भविष्य निर्माण महिला साकोसको २६ औ बार्षिक साधारणसभा शनिबारबाट शुभारम्भ भएको छ । २६ औ बार्षिक साधारणसभा सहकारीका अध्यक्ष प्रतिभा घिमिरेको अध्यक्षता तथा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको हो । साधरणसभामा संस्थाका सचिब ज्योती के.सीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाकी कोषाध्यक्ष गुणामञ्जरी शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । हाल संस्थाको कुलपँुजी ४ करोड ३९ लाख ४३ हजार ६ सय ४४ रुपैया, शेयरमा २९ लाख ७३ हजार ३ सय रुपैया, बचतमा २ करोड ९८ लाख ६२ हजार ८ सय ३ रुपैया, खुद नाफा ५ लाख ४८ हजार ४ सय ४१ रुपैयाँ रहेको जनाइएको छ । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक सीता दहालले प्रस्तुत गर्नुभएको थियो । संस्थाले बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट ऋणि, बचतकर्ता, शेयर खरिदकर्ता, एइई छात्रवृत्ति, छोरी मात्रै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण गर्ने शेयर सदस्य, संस्थालाई महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति लगायत बिभिन्न विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ। कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष एंव जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाई, वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, जनमुखी साकोसका अध्यक्ष माधव प्रसाद दहाल, जनमुखी साकोसका उपाध्यक्ष गिताकृष्ण शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । हाल संस्थामा १ हजार ५ सय ७३ जना महिला शेयर सदस्य रहेका छन साधारणसभा अश्विन ११ गतेसम्म जारी रहने संस्थाका व्यवस्थापक उर्मिला के.सीले बताउनुभएको छ ।

Shares

Be the first to comment on "भविष्य निर्माण महिला साकोसका २६ औँ साधारणसभाको शुभारम्भ"

Leave a comment

Your email address will not be published.


*