काठमाडौँ, १० मङ्सिर : सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकामा आज घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला रू एक हजार नौ सय ६० मा कायम भएकामा आज घटेर आज रू एक हजार आठ सय ४५ कायम भएको छ । प्रतितोला रू एक सय १५ घटेको हो । सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ । उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो । –––
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
Posted By: दीक्षण दैनिक १० मंसिर २०८१, सोमबार १३:५५
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो"